nepalipolitics is an ultimate PLATFORM where YOU can have your say on political issues.
को हो सच्चा कम्युनिष्ट ?

नेकपा एमाले कम्युनिष्टनै होइन भन्दै मिडियामा प्रस्तुत भैराखेको नेकपा माओबादीका मित्रहरुले पून आफ्नो हैसियत देखाएका छ्न । हामीले बिगत १०-१२ बर्षमा सबैभन्दा धेरैको हत्त्या गर्यौ त्यसैले हामीमात्र सच्चा कम्युनिष्ट हौ भन्ने माओबादीले कम्युनिष्ट शब्दको बदनाम मात्रै गरेका छैनन जनतामाझ पून नराम्ररी उदाङ्गिएका छ्न । आफुले प्रतिपादन गरेको सिद्दान्तमाथी यसरी कसैले अपब्याख्या र अबमुल्यन गर्छन कसैले भन्ने थाहा पाएका भए सायद मार्क्स् ,एँगेल्स ,लेनिन ,स्तालिन तथा माओ स्वयँले पनि उक्त सिद्दान्तको सुरुवात तथा अनुशरण नै गर्ने थिएनन होला जस्ले गर्दा आफुहरु लज्जित हुनुपरोस ।
माओबादी मित्रहरु,बिहान बेलुकि छाक टार्न गारो भै सेना पुलिसमा भित्रिएका गरिब नेपाली तथा बल्लतल्ल स्कूलको मुख देख्न पाएका तथा नपाएका किशोर किशोरीहरु अझ नाबालकहरु,कम्युनिष्ट बिचारधारा बोकेर हिड्ने नेपालीहरु तथा प्रजातन्त्रबादी बिचारधारामा लागेका नेपाली जनता मात्रको हत्या गर्नु गराउनुभो तँपाईहरुले । पुँजीपती दलाल नोकरशाही भ्रष्टहरुको रौ समेत झार्न सक्नुभएन झन उनिहरु धनिमाथि धनि बन्दै गए तँपाईहरुको जनयुद्दले गर्दा ।
गरिब भुपरिबेष्टित राष्ट्रमामा बल्लतल्ल बनेका पुर्बाधारहरु नष्ट गर्नुभयो , सयौँको सँख्यामा जबर्जस्ती घर पसेर गरिब किसानहरुको वर्षदिन टार्ने अन्न खाई उनिहरुको मुखमा बुझो लगाउनु भयो । यसले गर्दा चिनियाँ क्रान्तिको बेला क. माओले आफ्ना जनसेनाहरुलाई भनेका शव्द "बरु गिठा भ्याकुर खानु तर गरिब जनतालाई पटक्कै दुख नदिनु " यसलाई पटक्कै बिचार गर्नुभएन उहाँकै बादमा लागेर । र आफुलाई सच्चा कम्युनिष्ट भन्न पनि छोड्नुभएन ।
विश्व,समय,परिस्थिति बदलिदो छ । तत्कालिन समयमा रुसमा,चिनमा उपयुक्त भएको क्रान्तिको तरिका तथा सिद्दान्तहरु अहिलेको समय र परिस्थितिमा नमिल्न सक्छ् । त्यो देश,त्यहाँका जनता,त्यहाँको भौगोलिक अबस्थिति आदिले मात्र उपयुक्त हुन्छ । १९ औँ शताब्दीको चिनियाँ क्रान्तिजस्तो २१ औँ शताब्दीमा नेपालमा गर्नुपर्छ भन्ने सिद्दान्त "कम्युनिज्म" होइन । बरु परिबर्तनशिल समय र परिस्थिति लाई समेटेर नयाँ तरिकाको क्रान्ति गर्नु कम्युनिज्म हो । आज तपाईहरु लगायत विश्वका अन्य देशका कम्युनिष्टहरुले यो कुरा ख्याल गर्न नसक्दा "कम्युनिष्ट" शव्दको बदनाम हुनुको साथै अलोकप्रिय बन्दै गै राखेको छ । बर्तमान विश्वमा बढ्दो पुँजीबाद तथा त्यसले गर्दा उत्पन्न भएका बिबिध हत्या,हिँसा,झगडा,धनि र गरिब बिच बढ्दै गएको खाडल आदीले गर्दा प्रकृतिले दिएको यस सुन्दर विश्व तथा सर्बश्रेष्ठ प्राणी हामी कुनदिन परमाणु बमको शिकार भईने हो थाहा नभएको बेलामा हामी प्रत्यक मानबमात्रमा कम्युनिज्मको भावना जाग्रीत गराई सबै सुखी,खुसी,समान भै बाच्न पाउने अवस्थाको सृजना गर्नु कम्युनिज्म हो । यस्तो सिद्दान्तको अबलम्बन गर्ने नेकपा एमाले कम्युनिष्ट नभै तपाईँहरु टुक्रिदै,जनबिश्वास गुम्दै,क्षिण बन्दै गैराखेको पार्टि कम्युनिष्ट हुने ? तपाईँहरु "सँबिधान सभा" जस्तो प्रत्यक्ष देशलाई असर गर्ने बिषयमा बाम तालमेल गर्न अस्विकार गर्दै अन्य बाम दलको हातखुट्टा भाच्दै हिड्ने,जनतालाई सुसुचित हुन पाउने हकको हनन गर्ने पार्टि कम्युनिष्ट हुने ? कम्युनिज्ममा त एक एक जनता,राष्ट्र र विश्व मिलाएर,सँगै लिएर जान सक्ने हुर्मत चाहिन्छ न की बहुसख्यकले घृणा गर्ने । जनता आफै तपाँईहरुमाझ हुरुरु जाने बनाउनु पर्छ न की जबर्जस्ती लछार्दै पछार्दै लैजाने । अझै पनि समय छ ,बिचार गर्ने की माओबादी कमरेडहरु ?

THis is a biased article...
yes i agree what u have written here, but i think that the one who has written this is NCP-UML
if u think that NCP - Maoist is not the real maoist then do u think NCP-UML is?? the party that could nit bring changes in its ruling time, one who could not attend to the needs of SARWAHARA group. is that the Real Maoist??
instead u are saying that NCP-Maoist is not. rather i think at least they had the courage and determination to bring change to the then current siuation of Inequality. yes the change has been brought through force, but which change in hte history hasn't. u dont need to got to other countries to seek for evidence. all the revolutionary actions are the result of forceful act.
being a citizen who dream of change, I support the current Maoist movement, it is difficult to say wether PRACHANDA PATH will bring about revolutionary change in the country's situation. but if we all Nepalese from every field and levels support them our Dream could be a reality
Prejudice
This post is prejudice
meronepalma.com
Kura matra ho Comrades haru ko.
Yes, you are right. Maoists attitude have clearly arise a question on the main theme of Communism itself. I also learnt that communism means respecting common people and helping them to live life in peace. But past 12 years of conflict has not meet this. Instead a terror reigned and people who were rich become more rich and Moaists couldn't do anything to them.
Moaist should revise their theory and come up with new one which really makes people feel equal.